नेकपाका अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड' र बरिष्ठ नेता माधब कुमार नेपाल बीच भेट वार्ता भएको छ। शुक्रबार साँझ अध्यक्ष दाहाल कोटेश्वर स्थित नेता नेपालको निवासमा पुगेर भेटवार्ता गरेका हुन्। पछिल्लो समय पार्टीभित्र उत्पन्न गुटगत स्वार्थका आधारमा चर्किएको विवाद बारे र शनिबार बस्ने सचिवालयको बैठकका बारेमा छलफल भएको बताइएको छ।
बुधबार बसेको सचिवालयको बैठकमा नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका थिए। प्रधानमन्त्री ओलीले उक्त बैठकमा कोरोनाको कहरबाट सकिसकेपछि आफु प्रधानमन्त्री पद छोड्ने र उपध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताब अघि सरेका थिए। त्यसतै ओलीले नेता नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेपछि नेताहरुको एक अपासमा बीचको छलफल तिब्र रुपमा बढेको छ।
ओली, दाहाल र नेपालबीच चर्किएको सत्तासंघर्ष र विवादले पार्टी र सरकारको नेतृत्वमाथि मडारिएको कालो बादल हटाएर उक्त पार्टीभित्र समन्वय कायम गराउन आजै चिनिया राजदूत होउ यांछाीले छुटाछुटै भेटवार्ता गरेकी छिन् ।
पार्टीभित्र बढ्दै गएको विवादबारे छलफलका लागि बोलाइएको नेकपा सचिवालय बैठक बस्नु अगाडि चिनिया राजदूतले नेकपाका नेताहरुसँग गरेको भेटवार्ता र दौडधूपले नेपालको सत्तारुढ दलभित्र चिनियाँ पक्षको भूमिका सतहमा ल्याइदिएको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय