हिमाल दैनिक
मजदूर दिवसको अवसरमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना कहरको मारमा काम न मामको अवस्थामा परेका श्रमजीवी मजदूरलाई के कसरी राहत दिन सकिन्छ भन्दा पनि आफ्नो राजनीतिक कुण्ठा र आक्रोस व्यक्त गर्नमै केन्द्रित भएका छन्। एक सय ३१औं अन्तर्राष्ट्रिय मजदूर दिवसको उपलक्ष्यमा शुक्रबार दिएको शुभकामना सन्देशमा कोरोनाबाट रोजगारी गुमाउनुका साथै साँझ बिहानको छाक टार्न समेत सकस झेलिरहेका मजदूरका निम्ति लक्षित सरकारको योजना भन्दा प्रधानमन्त्री ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममा जसतो लामो भाषण ठोकेका छन्। कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउन आदेशको पालनासँगै सिंगो देशका जनता र सबै पक्षबाट सरकारलाई साथ र सहयोग भइरहेकै बेला कुत्सित मनसायले अनावश्यक अध्यादेश जारी गरेर राजनीतिक द्वन्द्ध निम्त्याएका प्रधानमन्त्रीले यसबाट उत्पन्न परिस्थितिको दोष भने सामाजिक संजाल र मिडियामाथि थोपार्ने प्रयास गरेका छन्। ‘आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ,’ ओलीले भनेका छन्। https://www.facebook.com/himaldainik/videos/561669164476206/?t=12 जबकी मधेस केन्द्रीत राजनीतिक दल विभाजनको योजना र उद्देश्यसहित जारी भएको राजनीतिक दल सम्बन्धी अध्यादेश र राज्यका संवैधानिक निकायमा एकलौटी कार्यकर्ता भर्ति गर्ने उद्देश्यले जारी संवैधानिक परिषद ऐन संशोधन अध्यादेश जारी गरेर प्रधानमन्त्री ओलीले आफ्नै दलका नेता, कार्यकर्ताको समेत आलोचना र चर्को दबाबपछि उक्त कदम फिर्ता लिन बाध्य भएका थिए। कोरोनाबाट देश र जनतालाई कसरी बचाउने भन्दा पनि राजनीतिक दाउपेचका आधारमा सकरारले चालेका कदमले सरकारको स्थिरता र व्यवस्थामाथि जनविश्वासमा कमिभइरहेको बेला प्रधानमन्त्री ओलीले त्यसको अपजस भने अरुमाथि थोपार्ने प्रयास गरेका छन्। ‘एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो। आप्mना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन। त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु,’ उनले सन्देशमा भनेका छन्। उनले आपसी एकता र युनियन बनाउने भनेको भ¥याङको खुट्किलो थपेजस्तै भएको बताउँदै तल्लो खुट्किलो बलियो भएमात्रै माथि पुगिन्छ भन्दै ‘त्यसैले तल हेरौं, माथि मात्रै होइन’ भनेका छन्। साथै उनले अहिले विश्वभर आएको संकटमा देशभित्र हुन सक्ने आर्थिक संकटप्रति लक्षित गर्दै भनेका छन्, ‘घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन। रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ। तपाईहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ।’ प्रधानमन्त्री ओलीद्वारा व्यक्त शुभकामना सन्देश: https://www.facebook.com/himaldainik/videos/1001771130218795/?t=1  
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update