सरकारले अध्यादेश जारी गरेपछि कांग्रेस सभापतिद्वारा पदाधिकारी बैठकको बोलावट
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना कहरबाट देशको ध्यान मोड्दै दुई विवादस्पद र अलोकतान्त्रिक अध्यादेश जारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनको व्यवस्था र संवैधानिक परिषदमा विपक्षी दलको नेता विना नै निर्णय गर्न सकिने प्रावधानसहितका दुई अध्यादेश जारी गरेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका हुन्।
सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार, सभापतिले मंगलबार बिहान आफ्नै निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारीको बैठक बोलाएका हुन्।
सरकारको पछिल्लो कदमबारे कांग्रेसले अहिलेसम्म औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय