प्रधानमन्त्री ओली अस्पताल भर्ना
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार राती अस्पताल भर्ना गरिएको छ।
गए राती प्रधानमन्त्री ओलीलाई मुटुकाे धड्कन बढ्ने समस्या देखिएपछि उनलाई राती नै महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।
उनका अनुसार ओलीको मुटुको चाल बढेकोले उनलाई रातीलाई अस्पतालमा लागिएको थियो। उनका निजी चिकित्सक डा दिव्यासिंह शाहका अनुसार अहिले ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनलाई आज नै डिस्चार्ज गरिनेछ।
प्रधानमन्त्री ओलीको फागुन २१ दोश्रो मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनले त्यस बेला एघार दिन अस्पतालमा बिताएका थिए।
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय