कोरोनाबारे छलफल गर्न उपप्रधानमन्त्रीले डाके सर्वदलीय बैठक

सरकारले बिश्वब्यापी रुपमा सन्त्रास फैलिएको कोराना भाइरसबिरुद्ध लड्न आज सर्वदलीय बैठक आह्वान गरेको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले प्रधानमन्त्री कार्यालयमा उक्त बिषयमा छलफल गर्न सबै राजनीतिक दलहरुलाई बुधबार ३ बजे बैठक डांकेका हुन्।
बिश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोनाबाट बाँच्न नेपालको पूर्वतयारी र थप गर्नुपर्ने कामहरूका बारे छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने ५ वटै दलका प्रतिनिधिहरूलाई बैठकमा बोलाइएको छ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय