हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीको बुधवार बिहान ९ बजे मिर्गौला प्रत्यारोपण हुने भएको छ । मिर्गौला प्रत्यारोपणका लागि सोमवार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको बुधवार बिहान ९ बजे प्रत्यारोपणको शल्यक्रिया हुने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । https://www.facebook.com/himaldainik/videos/205262224056417/?t=4 मंगलवार ओलीले प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण सकिएकाले बुधवार बिहानबाट प्रत्यारोपण शल्यक्रिया सुरु हुने उनको उपचारमा सग्लग्न चिकित्सक तथा त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. अरुण सायमीले जानकारी दिए । उनका अनुसार नेपाली चिकित्सकको टोलीले नै प्रधानमन्त्रीको शल्यक्रिया गर्नेछन् । डा सायमीले शल्यक्रियाका लागि प्रधानमन्त्री मानसिक रुपमा नै तयार रहेको पाइएको बताए । त्यस्तै अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले प्रत्यारोपणको शल्यक्रिया ३ देखि ४ घण्टामा सकिने बताए । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी एक दर्जनभन्दा बढी खटिने भएका छन्। प्रधानमन्त्री ओलीलाई उनको भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गर्दैछिन् ।
प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update