अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय सभा सदस्य खतिवडाको दुई वर्षे कार्यकाल सकिएपछि उनले पदबाट राजीनामा दिएका हुन् । शिक्षण अस्पतालमा उपचारमा रहेका प्रधानमन्त्री केपी ओलीलाई भेट्दै उनले राजनीमा दिएको जानकारी गराएका हुन् । उनले दिएको राजीनामा स्वीकृत पनि भएको छ ।
राजीनामासँगै खतिवडाले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारीराष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै तोकेका छन्।
संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने र मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्ने प्रावधान छ । संवैधानिक प्रावधानअनुसार खतिवडाको पद समाप्त हुने भएकाले उनलाई नै पुननियुक्त गरि अर्थमन्त्रीमा निरन्तरता दिने तयारी प्रधानमन्त्रीको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय