प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना हुनु अघि देशवासीका नाममा सम्बोधन गरेका छन्।
आफ्नो शरिमा १२ वर्षअघि प्रत्यारोपण गरेको मृगौलाले काम गर्न छाडेपछि चिकित्सकको सल्लाहमा दोस्रो पटक मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु अघि देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री र्ओलीले आफू पर्सी २१ गते फेरि मृगौला प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुन लागेको बताए।
https://www.facebook.com/himaldainik/videos/490905944912055/?t=24
उनले भने, ‘आशाको दियो बलिरह्यो भने शान्ति प्रेम र विश्वासको जग मजबूद तुल्याउन सकिन्छ,’ ओलीले भने। ‘कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौँ, त्यसलाई व्युँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरिपरी सबैले आफूलाई उभ्याउनु भयो,’ उनले थप्दै भने।
[caption id="attachment_84316" align="aligncenter" width="714"]
शिक्षण अस्पतालमा भर्ना हुन प्रधानमन्त्री प्रस्थानकाे क्षण, हाल उनि शिक्षण अस्पताल भर्ना भएका छन् । बुधवार फागुन २१ गते मृगाैला प्रत्याराेपण हुने । फोटो: प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाको फेसबुक[/caption]
आफू उपचार पश्चात फर्किएर त्यी सपना पूरा गर्ने विश्वास लिएका ओलीले राजनीतिलाई खेलसँग तुलना गर्दै आफूलाई राम्रो खेलाडीको दर्जामा उभ्याएका छन्। उनले भने, ‘जसरी खेलको बिचमा राम्रो खेलाडीले मैदान छोड्नै त्यसैगरी हाम्रा भर्खर जागृत हुँदैगरेका हाम्रा सपनालाई बिचमा अलपत्र पारेर म पनि अलप हुन्न।’ खे

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय