विश्व्यापी फैलिएको कोरोना भाइरसको प्रकोपका कारण सरकारले चैत २० देखि २२ गतेसम्म काठमाडौंमा आयोजन गर्न लागेको सगरमाथा संवाद कार्यक्रम स्थगित भएको घोषणा गरेको छ ।
सोमवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथा संवाद तत्कालका लागि स्थगित भएको जानकारी गराएका हुन् । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथा संवाद तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । सरकारले पहिलो पटक जलवायु परिवर्तनवारे अन्तर्रा्ष्ट्रियस्तरको सम्मेलन नेपालमा गर्न लागेको थियो ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई हाई रिस्क जोनमा राखिसकेपछि सतर्क भएको उनले बताए । १० मार्च देखि नेपाल आउने पर्यटकले आफुलाई कोरोना नलागेको सर्टिफिकेट पेश गर्नपर्ने उनले बताए । संक्रमित ठाउँबाट आउनेहरुले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था सरकारले गर्न लागेको मन्त्री ज्ञवालीले जानकारी दिए ।
सरकारले मास्क, सेनेटरिको बजार अनुगमन गर्ने र उत्पादन गर्ने उद्योगलाई उत्पादन बढाउन आग्रह गर्ने सरकारले निर्णय गरेको छ । सरकारले इपिएस प्राणालीबाट कोरिया जाने कार्यक्रम तत्कालका लागि स्थगन गर्न समेत कोरिया सरकारसँग आग्रह गरेको ज्ञवालीले बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले पार्टीले गठन गरेको कार्यदलको सुझाव कार्यान्वयन गरेर मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गरिने बताए । त्यस्तै उनले उच्च राजनीतिक तहको व्यक्तिलाई पठाउन राजदूत लिलामणी पौडेललाई चीनबाट फिर्ता बोलाएको स्पष्ट पारे ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय