
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष पुष्पकमल दाहालमाथि सार्वजनिक कार्यक्रम स्थलमा आफ्नै पुरानो पार्टी नेकपा माओवादीका कार्यकर्ताले आक्रमण गरेका छन्।
आइतबार राष्ट्रिय सभामा नेकपाका पार्टीका पूर्व नेता भरतमोहन अधिकारीको स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न पुगेका दाहालमाथि उनैले संचालन गरेको १० वर्षे हिंसात्मक द्वन्द्धमा बाबु गुमाउन पुगेका पूर्व माओवादी विद्यार्थी कार्यकर्ता रतन तिरुवा रहेका छन्।
https://www.facebook.com/himaldainik/videos/188985945721563/?t=0
जुम्लाको सिञ्जा गाउँपालिका निवासी तिरुवाले दाहालमाथि जुत्ता प्रहार गरेपछि त्यहाँ उपस्थित पार्टी कार्यकर्ताले उनीमाथि हातपात र कुटपिट गरेको थियो। उनले प्रहार गरेको जुत्ताले भने दाहाललाई लाग्न पाएन।
उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा लगेको छ।
पछिल्लो समय नेकपाभित्र उत्पन्न विवाद र बबण्डरका कारण नेतादेखि कार्यकर्तासम्म विभाजित भएका मात्र होइन, एकले अर्कोलाई दुव्र्यवहार र अपशब्द प्रयोग गर्नेसम्मको स्थिति उत्पन्न भएको छ।
विगतमा नेकपा माओवादीको अध्यक्षका रुपमा भृकुटीमण्डपको एक कार्यक्रममा सहभागी हुन जाँदा पनि दाहालमाथि माओवादीकै एक कार्यकर्ताले कुर्सी प्रहार गरेका थिए।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय