हिमाल दैनिक
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष पुष्पकमल दाहालमाथि सार्वजनिक कार्यक्रममा आफ्नै कार्यकर्ताले आक्रमण गरेका छन्। आइतबार राष्ट्रिय सभामा पार्टीका पूर्व नेता भरतमोहन अधिकारीको स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रमुख आतिथ्यता गर्न पुगेका दाहालमाथि उक्त कार्यक्रममा उपस्थित सहभागीले जुत्ता प्रहार गरे। https://www.facebook.com/himaldainik/videos/188985945721563/?t=0 कार्यक्रममा सम्बोधन गरिरहेका दाहालमिाथ तल दर्शक दीर्घामा बसेका एक जनाले जुत्ता प्रहार गरेपनि उक्त जुत्तालाई मञ्चमा नपुग्दै प्रहरीले प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छन्। पछिल्लो समय नेकपाभित्र उत्पन्न विवाद र बबण्डरका कारण नेतादेखि कार्यकर्तासम्म विभाजित भएका मात्र होइन, एकले अर्कोलाई दुर्व्यवहार र अपशब्द प्रयोग गर्नेसम्मको स्थिति उत्पन्न भएको छ। विगतमा नेकपा माओवादीको अध्यक्षका रुपमा भृकुटीमण्डपको एक कार्यक्रममा सहभागी हुन जाँदा पनि दाहालमाथि माओवादीकै एक कार्यकर्ताले कुर्सी प्रहार गरेका थिए।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update