हिमाल दैनिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संविधान संशोधन गर्न गठन गरेको कार्यदल विघटन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधनको गृहकार्य गर्न बनेको कार्यदललाई बिघटन गरिएको हो। यसअघि शनिबार बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधनको गृहकार्य गर्न माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । उक्त कार्यदलमा सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य तोकिएका थिए । नेकपाले गोप्य ढंगले उक्त कार्यदलले काम गर्ने बताए पनि सार्वजनिक भएपछि पार्टीभित्र र बाहिर अमुक व्यक्तिका लागि संविधान संशोधन गर्न लागेको भन्दै विरोध भएको थियो । कार्यदलमा सदस्य बनाइएका नेम्वाङले सुरु मै अस्विकार गरेका थिए, भने उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि आफ्नो असन्तुष्टि सामाजिक संजाल ट्वीटरमा व्यक्त गरेका थिए। प्रवक्ता श्रेष्ठले कार्यदल क्रियाशील नहुने जानकारी दिए। त्यस्तै बैटकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन मन्त्रीपरिषद मार्फत राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । गौतम बर्दिया १ मा कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका थिए। नेपालको संविधानको भावना अनुसार, कुनै पनि व्यक्तिले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीमा पराजित भएमा समानुपातिक अथवा राष्ट्रियमा पाँच वर्षको कार्यकालमा नपुगोस् भन्ने मान्यताले व्यवस्था गरिएको भएपनि नेकपाले यसअघि चुनाव हारेका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित गराइसकेको छ। प्रधानमन्त्रीको सपना बोकेर बसेका गौतमलाई राष्ट्रिय सभामा मनोनित गराउने निर्णय गरेको नेकपा सचिवालय बैठकले यसअघि संविधान संशोधनको विषयमा गृहकार्य गर्न गठित गरिएको वा नगरिएको भन्ने कार्यदल भंग गरेर अर्का मजाक गरेको छ। सचिवालयमा बैठकमा कार्यदलको प्रतिवेदनपछि एमसीसीमा कसरी अघि बढ्ने भन्‍ने बारेमा पछि छलफल भएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update