
संविधानको भावना र जनताको मतादेशलाई क्षतविक्षत पार्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गत निर्वाचनमा पराजित नेता बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारलाई सिफारिस गरेको छ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अन्ततः गौतमलाई नै राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सदस्य पदका लागि जनताबाट पराजित नेता गौतमलाई मनोनितत गर्न सिफारिस गरेको हो।
नेपालको संविधानको भावना अनुसार, कुनै पनि व्यक्तिले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीमा पराजित भएमा समानुपातिक अथवा राष्ट्रियमा पाँच वर्षको कार्यकालमा नपुगोस् भन्ने मान्यताले व्यवस्था गरिएको भएपनि नेकपाले यसअघि चुनाव हारेका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित गराइसकेको छ।
प्रधानमन्त्रीको सपना बोकेर बसेका गौतमलाई राष्ट्रिय सभामा मनोनित गराउने निर्णय गरेको नेकपा सचिवालय बैठकले यसअघि संविधान संशोधनको विषयमा गृहकार्य गर्न गठित गरिएको वा नगरिएको भन्ने कार्यदल भंग गरेर अर्का मजाक गरेको छ।
सुरुमा संचारमाध्यले माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठनको समाचार आएपछि नेकपाका नेताहरुले त्यसको खण्डन गरेका थिए। तर, आज सचिवालय बैठकले कार्यदल खारेज गर्ने निर्णय गरेर समाचारमा आएको कुरा नै सत्य भएको प्रमाणित गरेका छ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय