नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र जनताको अधिकारको रक्षाका लागि कांग्रेसले फेरि एकपटक कम्यनिष्ट अधिनायकवादविरुद्ध लड्नुपर्ने बेला आएको बताएका छन्।
कांग्रेसका पूर्व महामन्त्री स्वर्गिय महेन्द्रनारायण निधिको ९८औं जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृत प्रतिष्ठानले मंगलबार काठमाडौं आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले अहिंसाका पूजारी निधिको आदर्श र सिद्धान्त अंगाल्दै फेरि पनि कांग्रेसले कम्युनिष्ट सत्ताको विरुद्ध आन्दोलन गर्नु पर्ने अवस्था भएको बताए।
https://www.facebook.com/himaldainik/videos/192524945185146/?t=9
विगतमा पार्टीभित्र बहुमतले सशस्त्र संघर्षको निर्णय गर्दा त्यसको विरोधमा उभिएर शान्तिपूर्ण सत्याग्रह गर्छु भन्ने महेन्द्रनारायण निधिलाई तत्कालिन राजा महेन्द्रले २० वर्ष जेल हालेको बताउँदै जो हतियारको राजनीतिको विरोध गर्दा निधिलाई जेल हालेजस्तै अलिहेको कम्युनिष्ट सत्ताले शान्तिपूर्ण आन्दोलन समेत गर्न नदिइरहेको आरोप उनले लगाए।
निरंकुताको विरुद्धमा कांग्रेसले लडेपनि निर्वाचनमा भने कम्युनिष्टले जनमत पाएको अनौठो अवस्था रहेको बताउँदै उनले भने, ‘हामीले अन्तिम लडाई लड्नु पर्ने अवस्था आउँदैछ। देशमा प्रजातन्त्रको स्थायित्व र राष्ट्रको हितमा निधिकै दर्शमा अघि बढ्नु पर्ने अवस्था आउँदैछ।’
https://archive.himaldainik.com/2018/02/25/29977/
गत निर्वाचनमा पार्टीको लज्जास्पद पराजयको विषयमा कतिपय असन्तुष्ट नेताहरुले नेतृत्वविरुद्ध आरोप लगाउँदै आएको तर्फ लक्षित गर्दै देउवाले आफूले माओवादीलाई मिलाउन खोज्दै आफ्नै पार्टीका केही नेताहरुले भगाइदिएपछि उनीहरु एमालेसँग मिलेर कांग्रेस हारेको दाबी गरे।
आफूभन्दा अगाडि बोल्ने क्रममा नेता प्रकाशमान सिंहले चार चार जना शहिद जन्माएको प्रजा परिषदले समयको माग अनुसार चल्न नसक्दा विलाएर गएको उल्लेख गर्दै अहिले पार्टी नेतृत्वले पनि समयको माग अनुसार अघि नबढे त्यो अवस्था नआउला भन्न नसक्ने धारणा राखे।
सिंहको भनाईबाट रुष्ट बनेका देउवाले आफूले आजको कार्यक्रममा यसबारे बोल्न नचाहदा नचाहदै पनि बोल्न बाध्य भएको भन्दै भने, ‘पार्टीभित्र झगडा अहिले मेरो पालामा मात्रै सुरु भएको हो र? हिँजो किसुनजी, गणेशमानजी र गिरिजाबाबुकै पालामा तीन बुढाहरुबीच झगडा भयो र किसुनजी र गणेशमानजीले पार्टी छोरे मर्नु पर्यो।’
उनले पार्टीभित्र विगतदेखि नै धेरै समस्याहरु रहँदै आएको बताउँदै त्यसलाई मिलाएर आफू अघि बढ्न कोशिश गरिरहेको बताए।
कार्यक्रममा प्रतिष्ठानका मानार्थ अध्यक्ष तथा कांग्रेस उपसभापति निधिले लोकतन्त्र, संघीयता, जनअधिकार, मानव अधिकारको सिद्धान्तप्रति विश्वास नगर्ने कम्युनिष्टको जनवादी केन्द्रीयताले अहिले सिंगो मुलुक र राज्यका सबै निकायलाई कम्युनिष्टकरण गर्न लागिरहेको आरोप लगाए।
कांग्रेसको नेतृत्वमा प्राप्त लोकतन्त्र र यसको संस्थागत विकासका लागि कांग्रेसले पूर्व नेता निधिकै मार्गदर्शन अनुरुप अहिंसाको माध्यमबाट कम्युनिष्ट सर्वसत्तावादको विरुद्ध सशक्त आन्दोलनको तयारी गर्नु परेको पनि उनले बताए।
यसका लागि पार्टीले आफूभित्र रहेका आन्तरिक विवादलाई वैचारिक एकताको आधारमा आगामी महाधिवेशनलाई पूर्वनिर्धारित समयमै सम्पन्न गर्दै त्यसमार्फत कम्युनिष्ट अधिनायकवादविरुद्ध सशक्त आन्दोलनको तयारी गर्नु पर्ने बताए।
त्यसैगरी पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान कम्युनिष्ट सरकारले संविधान र राज्यका सबै निकायलाई आफ्नो स्वार्थमा कम्युनिष्टकरण गर्दै संवैधानिक निकायदेखि सबै सरकारी अंग आफ्नो सेवक बनाउन कसरत गरिरहेको आरोप लगाए।
‘यतिबेला हामीले पार्टीभित्र रहेका सबै मतभेदलाई यथावत राखी कम्युनिष्ट विरुद्ध निधिकै मार्गदर्शनमा सत्याग्रह र शान्तिपूर्ण अहिंसात्मक आन्दोलनमार्फत प्रतिरोध गर्न जरुरी छ,’ उनले भने।
https://archive.himaldainik.com/2018/02/25/29892
कांग्रेस नेता तथा राजनीतिक विश्लेषक प्रदिप गिरिले जुन पार्र्टी र त्यसका नेताहरुले हजारौं मानिसको टाउको काटेर आए उनीहरुमा पाप र धर्मको हेक्का नै नभएपछि दुई चार करोड अथवा ७० करोड भ्रष्टाचार गरेको कुरा केही ठूलो विषय नभएको भन्दै सरकारप्रति व्यंग्य गरे।
साथै उनले २१औं शताब्दीमा कम्युनिष्टहरुको सत्ता ढलाउन पैसा, बल वा बन्दुक र हिंसा नभई नैतिकताको बलमा उनीहरुलाई परास्त गर्न अहिंसाको आधारमा आन्दोलनको विकल्प नभएको बताए।
त्यसरी आन्दोलन गर्न महेन्द्रनारायण निधिले लिएकै पदचाप पछ्याएर सडकमा पाँच लाख मानिस निकाल्न सम्भव भएको र त्यसैले वर्तमान प्रधानमन्त्री केपी आीलाई भारतमा जयप्रकाश नारायणले इन्दिराा गान्धीलाई परास्त गरेझैं गर्नु पर्नेमा जोड दिए।
प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय