हिमाल दैनिक
नेम्वाङले सम्हाले सहरी विकास मन्त्रीको पदभार
basanta nrmbsng
नवनियुक्त शहरी बिकास मन्त्री बसन्त नेम्वाङले पदभार ग्रहण गरेका छन् । नेम्वाङले सोमबार मन्त्रालय पुगी पदभार ग्रहण गरेका हुन् । मन्त्री नेम्वाङलाई मन्त्रालयमा राज्यमन्त्री रामविर मानन्धर लगायतले स्वागत गरेका थिए । पदभारपछि आयोजित कार्यक्रममा मन्त्री नेम्वाङले मन्त्रालयले गरेको पुराना कामको निरन्तरताका साथै केहि परिवर्तन देखिने काम गर्ने बताए । उनले सुखी नेपाली समृद्ध नेपालको लक्ष्य हासिल गर्न सवै एक भएर अघि बढ्नुपर्ने बताए । मुलुकमा स्थीर सरकार बनेको भन्दै उनले जनताले अनुभूति गर्न पाउनेगरि काम गर्ने बताए । https://youtu.be/uMjQWa1Za24 यसअघि शहरी बिकासमन्त्रीको जिम्मेवारी सम्हालेका गोकुल बास्कोटाले राजीनामा दिएपछि प्रधानमन्त्री नेम्वाङलाई शहरी बिकासमन्त्रीको जिम्मेवारी दिएका हुन् । मन्त्री नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका हुन्।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update