सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्र्मा ओलीले जन्मदिनको उपललक्ष्यमा पाँचथरको इवा गाउँमा पुगेर नेपालको नकसा अंकित ‘बर्थ डे केक’ काटेर खाएको विषयमा स्वयं नेकपाका नेता भीमबहादुर रावलले समेत गभ्भीर आपत्ति प्रकट गरेका छन्।
आइतबार यति समूहले हेलिकप्टर मार्फत पुर्याएको केक आफ्नै पुख्र्यौली घरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले काटेर आफू र आफन्तलाई बाँडेर खाएको विषयमा सामाजिक सञ्जालमा चर्को ओलोचना भइरहेकै बेला नेता रावलले यसरी केक काट्ने संस्कृति नेपालीको मौलिक संस्कृति नभएको बताएका छन्।
सोमबार आफ्नो ट्वीटरमार्फत नेता रावलले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना! यो मनन गर्नु भने उचित हुन्छ (केक काट्ने नेपाली मौलिक सँस्कृति होइन।’
https://twitter.com/BhimRawal179/status/1231889126833569794
साथै उनले प्रधानमन्त्री ओलीले देशको नक्सा अंकित केक काटेको विषयलाई आमालाई काटेर खाएको जस्तो आशय प्रकट गरेका छन्। रावलले भनेका छन्, ‘देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ समृध्दिुका लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन, पार्टी निर्णयले झनै मिल्दैन।’
नेकपाको हालै सम्पन्न बैठकले पार्टीभित्र ११ बुँदे आचार संहिता लागू गदै उक्त आचार संहितामा कसैको पनि विवाह, ब्रतबन्ध अथवा जन्मदिन मनाउँदा आफ्नै घरभित्र भड्किलो नगरी मनाउने निर्देशन नेतादेखि कार्यकर्तालाई समेत गरिएको छ।
आइतबार प्रधानमन्त्री ओली चारवटा हेलिकप्टर लिएर पाँचथरको आठराई गाउँपालिका पुगेका थिए। जहाँ उनको भव्य स्वागतका लागि ठाउँ ठाउँमा स्वागतद्वार बनाएर भव्य कार्यक्रम मात्र गरिएको थिएन, पञ्चायतकालका राजा, महाराजाले आफ्नो जन्मदिनमा गर्ने गराउने औपचारिक कार्यक्रमलाई समेत माथ दिने खालको भएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ।
साथै नेता रावलले सेक्युरिटी प्रिटिङ प्रेस खरिद प्रकरणमा मुछिएका निवर्तमान संचारमन्त्री गोकुलप्रसाद बास्कोटा र उक्त प्रकरणकाबारमो राज्य, सरकार र पार्टीका सबै तहबाट गहिराइमा अध्ययन र छानविन गरी दोषीमाथि कारबाही गर्नु जनता, देश र नेकपाको हितमा रहेको बताएका छन्।
https://twitter.com/BhimRawal179/status/1231902296222486533
शनिबारमात्रै प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा बास्कोटाको विषयमा अख्तियार लगायतका निकायले अनुसन्धान गर्ने बताउँदै राजीनामा दिइसकेको बाँस्कोटाको विषयमा पार्टीभित्र कुनै अनुसन्धान जरुरी नभएको बताएका थिए।
तर, नेता रावलले भने, राज्यबाट मात्र नभई पर्टाीले पनि छानविन गरी कारबाही गर्नु आवश्यकता रहेको बताउँदै भनेका छन्, ‘सुरक्षण मुद्रणालय भ्रष्टाचार प्रकरणको गहिराइमा गएर राज्य, सरकार र पार्टी सबै तहबाट भ्रष्टाचारी लाई कार्वाई गर्नु जनता, देश र नेकपाको हित र सुशासनका लागि अत्यावश्यक छ।’
साथै उनले पार्टी नेतृत्वबाट कसैलाईृ ससाना विषयमा पनि ठूलो प्रहार गर्ने र कसैलाई गम्भीरु प्रकृतिको भ्रष्टाचारमा पनि केही नगर्ने गल्ती कहिबाट हुन नहुने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
उनले भनेका छन्, ‘कसैलाई ससानो मुद्धामा ठूलो प्रहार हुने र कसैलाई गम्भीर भ्रष्टाचारमा केही नहुने गल्ती कहींबाट पनि हुनुहुँदैन।’

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय