
शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बिद्यालय सुधार कार्यलाई बिशेष ध्यान दिनुपर्ने बताएका छन् । निजि तथा आवासिय बिद्यालय अर्गानिजेशन प्याव्सनको १३ औं साधारणसभाको सोमबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पोखरेलले बिद्यालय सुधार नभइ शिक्षाको सुधार हुन नसक्ने बताएका हुन् ।
उनले शैक्षिक बर्ष सुरु हुदा द्धन्द सिर्जना गर्ने अवस्था अन्त्य गर्नुपर्ने भन्दै यसमा प्याव्सनको पहल हुनुपर्ने बताए । निजि बिद्यालयले अंग्रेजी सिकाउने नाममा नेपाली भाषा संस्कृतीलाई भुल्न नहुने तर्क गरे । उनले अवको शिक्षा प्राविधीक शिक्षा हुने बताए ।
https://youtu.be/8UtUr2suJok
पोखरेलले कतिपय ठाउँमा निजी विद्यालयहरु नराम्रा र कतिपय ठाउँमा सामुदायिक विद्यालय राम्रा पनि भएकोले यी दुईलाई मर्ज गर्न सकिने प्रस्ताव समेत गरे । संसारमा निजी लगानीका विद्यालय मूलधार नभएको बताउँदै उनले देशले पव्लिक प्राईभेटको बिचमा साझेदारी गर्नुको विकल्प नभएको पनि बताए ।
उनले शिक्षा मौलिक हकमा लेखिएको छ भनेर मात्रै नहुने भन्दै बच्चाले सिक्न पाउने न्यूनतम सिकाइ सुनिश्चित भयो की भएन भन्ने यकिन गर्न आवश्यक रहेको पनि बताए।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय