हिमाल दैनिक
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले लोकतन्त्रलाई लुट्तन्त्र बनाएको आरोप लगाएका छन् । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पुगेका अध्यक्ष थापाले राजपा सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भष्टचार, विचौलीकाको संख्यामा बृद्धि भएकाले लोकतन्त्रको नाममा नेपाल नै धरसाहीमा रहेको बताएका हुन् । नकरात्मक गतिबिधिलाई अघि बढाउनका लागी बहुमतको आधारमा कानुन नै संमसोधन गरेको उनले बताए । न्याय दिने बिभिन्न निकायहरुमा पार्टिको प्रभावका ब्यक्तिहरुलाई न्युत्तिः दिने जस्ता कामहरु भई रहेको उनले स्पष्ट पारेका छन् । वर्तमान सरकार र प्रतिपक्षको सहमतिमा नै लोकतन्त्रको मर्म विपरित काम गरेको अध्यक्ष थापाको भनाई छ । https://youtu.be/B6ceUBO3h44   एमसीसी भित्रका विषय संशोधन गरेर ल्याउँदा राष्ट्रको हितहुने उनले बताएका छन् । सत्तारुढ दल भित्रका आपसी झगडा, विवादका कारण विभिन्न भ्रमपुर्ण अभिव्यक्ति आएको उनले बताए । एमसीसीको विषयमा सत्तारुढ दलले नै सम्झौता गरेकाले सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनको सुझाब रहेको छ । नेपालको सार्वभौमसत्तालाई बचाउन बलियो राष्ट्रबादी संस्था आवश्यक रहेको अध्यक्ष थापाको दाबी रहेको छ । संविधानको रक्षा र संसदको नियन्त्रणमा रहि जन केन्द्रित शासन प्रणाली सहितको राजसंस्था ल्याइने बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update