बिपी राजमार्ग बन्द भएपछि रक्षामन्त्री पोखरेल पनि परे तीन घण्टादेखि जाममा
मालबहाक सवारी साधनको ठक्करबाट एक जनाको मृत्युपछि स्थानीय वासिन्दाले विपि राजमार्ग अवरुद्ध गर्दा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि तीन घण्टा लामो जाममा परेका छन्। सोमबार बिहान करिब ७ बजे बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा टिप्परले ठक्कर दिँदा स्थानीय ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको हो।
स्थानीयले गाडीको चालकलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरि बिपी राजमार्ग अवरुद्ध गरेका छन्। कमलामाई नगरपालिकाको भिमादमा आजाद स्मृतिको कार्यक्रममा सहभागी हुन सिन्धुली हिडेका पोख्रेल आज अरु यात्रु जस्तै जाममा बस्न बाध्य भएका छन्। उनि अहिले खुर्काेटमा तीन घण्टा जाममा परेका छन्।
यस्तो घटनामा प्राय स्थानीयवासीले गरेको अवरुद्धले सयौं सवारी साधन र त्यसमा सवार यात्रुहरुलाई आफ्नो गन्तव्यमा पुग्न कठिनाई हुदै आइराखेको थियो तर आज उपप्रधानतथा रक्षामन्त्री पोख्रेलले पनि यात्रुको मर्का बुझेका छन्।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय