भारतले नेपालको भूभाग मिचेर दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेलगत्तै संसद भित्र र बाहिरबाट सरकारलाई नेपालको नक्सा सार्वजनिक गर्न चौतर्र्फी दबाब परेको थियो।
यसबारे प्रतिनिधि सभा, राष्ट्रिय सभाको बैठकदेखि संसदीय समितिहरुले समेत सरकारका मन्त्रीदेखि सरोकारवाला निकायका प्रमुखलाई समेत सबै प्रमाण र तथ्यका आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको आधिकारिक नक्सा सार्वजनिक गर्न पटक पटक निर्देशनसहितको माग पनि गरेका थिए।
यसका बाबजूद सरकारले यसबारे कुनै धारणा सार्वजनिक नगरेर सदन र जनप्रतिनिधि र आम जनताको वेवास्ता गरेको आरोप लाग्दै आएको थियो।
तर, नेपालको आधिकारिक नक्सा भूमिसुधार तथा व्यवस्था मन्त्रालय र त्यस मातहतको नापी विभागले सार्र्वजनिक गर्न नसकिरहेका बेला काठमाडौंको एक वेकरी क्याफेल प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औं जन्मदिनको अवसर पारेर बनाएको ‘बर्थ डे केक’ मार्फत नेपालको नक्सा बनाएको छ।
उक्त बर्थ डे केकमा नेपालको बहुचर्चित र विवादित लिपुलेकदेखि लिम्पियाधुरा र कालापानी समेत प्रष्ट देखिने गरी राखिएको छ। जसलाई प्रधानमन्त्री ओलीले आफ्नो जन्म दिनको अवसरमा आफ्नो जन्मथलो पाँचथरको आठराई गाउँपालिकास्थित इवा गाउँमा पुगेर मात्रै सार्वजनिक गरे।
काठमाडौंबाट हेलिकप्टर चार्टर गरि लगिएको नेपालको नक्सासहितको बर्थ डे केकलाई प्रधानमन्त्री ओलीले आफ्ना बुबा मोहनप्रसाद ओली र श्रीमती राधीका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई साँक्षी राखेर सार्वजनिक गरेका हुन्।
सम्भवत् नेपालको इतिहासमा यसरी हेलिकप्टर चार्टर गरी आफ्नो बर्थ डे केक राजधानीबाट आफ्नो जन्मथलो लाने र नेपालको नक्सा नै केकमा राखेर त्यसलार्ई चक्कुले काटेर टुक्रा टुक्रा पारी बाँडेर खाने नेपालको पहिलो शासक प्रधानमन्त्री ओली बन्न पुगेका छन्।
तर, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकमना व्यक्त गर्दै सार्वजनिक गरेको फेसबुक स्टाट्समा भने नेपालको नक्सामा ओलीको फोटा राखिएपनि लिपुलेक, कालापानी र लिम्पियाधुरा भने अटाएको छैन।
https://www.facebook.com/105043977668882/videos/148242792920535/?t=165
प्रधानमन्त्री ओलीले आफ्नो बर्थ डे केक हेलिकप्टरबाट ढुवानी गरी पाँचथर पुर्याएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।
यसरी आफ्नो असहमति प्रकट गर्ने क्रममा पत्रकारद्वय शिव दाहाल, अशोक दाहाल अग्रस्थानमा रहेका छन्। शिव दाहालले आफ्नो ट्वीटरमा भनेका छन्, ‘हेभैचालो, प्रधानमन्त्री ओलीको वर्थ डे केक पुर्याउन हेलिकप्टर चार्टर।’
https://twitter.com/dahalshivaji/status/1231576495413514241
त्यस्तै अशोक दाहालले ट्वीटरमा भनेका छन्, ‘दर्गममा महामारी फैलँदा औषधी र डाक्टर पठाउन पनि यसरी नै हेलिकप्टर चार्टर्ड गर्न सक्ने सामथ्र्य देशले पाओस्। जन्मदिनको शुभकामना प्रधानमन्त्री ज्यू।’
https://twitter.com/ashokpillar/status/1231572147035934722
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय