हिमाल दैनिक
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीका नेताहरु आफ्नो आदर्शबाट विचलित हुने गरेको बताएका छन् । शुक्रबार भक्तपुरको मध्यपुर थिमिमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु क्रान्तिमा हुँदा जनताको मन जित्न सक्ने भएपनि सत्तामा पुगेपछि विचलित हुन थालेको बताए । हिजो मृत्युलाई सामना गरेर जस्तोसुकै त्याग र तपस्या गर्न तयार हुने, प्रतिकृयावादीका जेलनेल र मृत्युलाई पनि हाँसीहाँसी सामना गर्नसक्ने मान्छेहरु शासन हातमा आइसकेपछि विस्तारै अर्कैअर्कै र जनताबाट टाढिने गरेको प्रचण्डको भनाई छ । कम्युनिस्ट पार्टीको नेतृत्व नै वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति, सेना कोही नचाहिने परिघटना रहेको उनले बताए । उनले गल्ती गर्नेलाई कारवाही गर्ने र पार्टीलाई सुदृढ गर्ने संकल्प गर्नुपर्ने बताए । कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट पार्टी नै बनाएर लैजानुपर्ने, शुद्धिकरण गर्नुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले जनताले भिन्नभिन्न पृष्ठभूमिका दुई कम्युनिष्ट पार्टीको एकतालाई अनुमोदन गर्दै कम्युनिष्ट पार्टीले नै यो देश र सबै जनताको हक, अधिकारलाई सुनिश्चित गर्न सक्छ भनेर भरोसा गर्दै सत्तामा पुर्याएको बताए।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update