स्वीस एजेन्टसँग ७० कराेड कमिशन खाेजेका मन्त्री बाँस्कोटाले राजधानीमा भेटे नेविसंघको कालो झन्डा

नेपाली कांग्रेसको संगठन नेपाल बिद्यार्थी संघले संचार मन्त्री गोकुल बाँस्कोटालाई कालो झन्डा देखाएका छन्।
कन्चनपुरबाट काठमाडौँ फर्किने क्रममा उनलाई नेबिसंघका कार्यकर्ताले अन्तरिक कक्ष बाट बाहिरिँदै गरेका मन्त्री बास्काेटालाई कालो झन्डा देखाएका थिए।
स्वीस कम्पनीकाे नेपाली एजेन्टसँग ७० करोड कमिशन मागेकाे अडियो बाहिरिएपछि मन्त्रीलाई विमानस्थलमा नै विद्यार्थीहरूले कालो झन्डा देखिएका थिए।कालो झन्डा देखाउने क्रममा प्रहरीले केहि कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ।
उपत्यका बाहिर रहेका बाँस्कोटालाई उक्त अडियो सार्बजनिक भएपछि प्रधानमन्त्रीले तुरुन्तै काठमाडौँ डाकेका थिए।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय