हिमाल दैनिक
दाहाललाई बाबुरामको कटाक्षः खड्प्रसादको पिँजडामा छट्पटाएका पुष्पकमलले हामीलाई पनि फँसाउन खोजे!
bhattrai-dahal-01-01
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष पुष्पकमल दाहालले समाजवादी पार्टी नेपालका नेताहरुलाई पनि आफ्नै पार्टीमा आउन गरेको आग्रहप्रति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कडा प्रतिक्रिया व्यक्त गरेका छन्। दाहालले बुधबार एक कार्यक्रममा समाजवादी पार्टीका नेताहरु अशोक राई, बाबुराम भट्टराई निरिह भएर बस्नु भन्दा दुबै जनासहित उपेन्द्र यादव पनि धेरै झमेला नगरी नेकपामै मिल्नै आए राम्रो हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए। https://www.facebook.com/himaldainik/videos/922136498201762/?t=1 त्यसको लगत्तै बिहिबार नेता भट्टराईले ट्वीटरमार्फत आफैँ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद (केपीं ओलीको पिँजडामा फसेर छट्पटाइरहेका दाहालले आफूहरुलाई पनि पिँजडामा आउन आग्रह गरेको आरोप लगाएका छन्। साथै उनले दाहाललाई बाघको हातमा सुनको बाला देखेर लोभिएर गएको वटुवा जो बाघको फन्दामा परेर शिकार भएर ओलीको पासोमा परेका जस्तै अवस्थामा रहेर पनि अरुलाई पनि पिँजडामा फँस्न आउन भनेको प्रतिक्रिया दिएका छन्। उनले दाहालको आग्रहलाई नेपाली उखानसँग जोड्दै आफैँ उत्तानो परेर लडेका महादेवले कसलाई वर दिन सक्छन् र दाहालले आफूहरुलाई वर दिने भनि प्रश्न समेत गरेका छन्। नेपाली दन्त्यकथा र उखानहरु समेटेर नेता भट्टराईले भनेका छन्, ‘पञ्चतन्त्रको कंकड लुब्ध पान्थ कथामा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर वटुवाको शिकार गरेझैँ आफैँ खड्गप्रसादको पिँजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिँजडामा आउन आग्रह गरेछन्। आफैँ त महादेव उत्तानो टाँग, कस्लाई दिने वर....?’ https://twitter.com/brb1954/status/1220222571565596677
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update