उपसभामुख तुम्बाहाम्फेले सम्बोधन गर्दै राजीनामा दिने
https://www.facebook.com/himaldainik/videos/2672736316154161/?t=111
प्रतिनिधि सभाका उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले संसद बैठकमा सम्बोधन गर्दै राजीनामा दिने भएकी छन्।
दिउँसो एक बजे संसद बैठकलाई सम्बोधन गर्दै उनले चार बजेसम्मका लागि संसद स्थगित गर्ने भएकी छन्। यही बिचमा उनले राजीनामा दिनेछन्।
उपसभामुखको राजीनामा पछि चार बजे बस्ने बैठकलाई जेष्ठ सदस्य महन्त ठाकुरले सभा सुरू गरेर १२ गते समामुखको निर्वाचन तोक्नेछन्।
बलात्कार प्रयासको अभियोगमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । तर, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख नछोड्ने भए पछि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने भएकी हुन् ।
उसभामुखको राजीनामा पछि सभामुख पदमा नेकपाले अग्नी सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय