हिमाल दैनिक
अखिल केन्द्रीय कमिटि सदस्यले लिए पद तथा गोपनियताको सपथ
81789884_2656640404558231_2897642257962237952_n
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को केन्द्रीय कमिटिका सदस्यले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सपथ ग्रहण गरेका छन्। तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटि सदस्यलाई राजधानीमा एक कार्यक्रमकाबीच पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाए। विघटित नेकपा एमाले र नेकपा माओवादीबीच भएको पार्टी एकीकरण पश्चात भातृ संस्थाहरुको पनि एकीकरण प्रक्रियामा अनेरास्ववियूको कमिटि गठन भएको हो। अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ। अनेरास्ववियू नेतृ सुनिता बरालका अनुसार, ४५ सदस्यीय स्थायी समितिमा पूर्व एमाले निकट अनेरास्ववियूबाट २४ र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबाट २१ जना सदस्य रहेकाछन्। यस अघि अनेरास्ववियूको १८ पुसमा एकीकृत केन्द्रीय समितिको नाम टुंगो लगाएको थियो।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६