मन्त्रिमण्डल पुनर्गठन समन्धी परामर्श लिन ओली दाहाल पुगे शीतल निवास

मन्त्रि-मण्डल पूर्णगठनको बिषयमा परामर्श लिन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले आज बिहान राष्ट्रपति बिद्यादेवी भण्डारीसंग भेट गरेका छन्।
मन्त्रीहरु हेरफेरको बिषयलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। आजै मन्त्री मण्डलको पूर्ण गठनको तयारीमा रहेका प्रधानमन्त्री ओली मन्त्रीको लिष्ट फाइनल गर्न शीतल निवास पुगेको स्रोतको दाबी छ।
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय