हिमाल दैनिक
नेकपा प्रवास समन्वय कमिटीको नेतृत्व विन्दा पाण्डेलाई
nekapa baithak
नेपाल कम्युनिष्ट पार्टीले प्रवास समन्वय कमिटीको नेतृत्व टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपाको सचिवालय बैठकले नेतृ विन्दा पाण्डेलाई प्रवास समन्वय कमिटीको इन्चार्ज बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रवासी नेपालीहरूको सम्पर्क एकता स्थापित गर्ने र प्रवासी नेपालीहरू हकहितको रक्षामा भूमिका खेल्न समन्वय कमिटी गठन गरिएको उनले जानकारी दिए। कमिटीको सहइन्चार्जको जिम्मा लक्ष्मण पन्तलाई दिइएको छ भने अध्यक्षमा युवराज चौंलागाईलाई नियुक्त गरिएको छ । श्रीप्रसाद साहलाई कमिटीको सचिव र दिलु बिकलाई सदस्य बनाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्षद्वयको कार्यबिभाजनका बारेमा भने कुनै छलफल नभएको श्रेष्ठले बताए । बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको एक नेताले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update