राजनीति सत्ताप्राप्ति र सुखभोगको साधान होइनः बाबुराम भट्टराई
समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालमा राजनीतिलाई सत्ताप्राप्ति र सत्तासुखभोग गर्नेे आधारमात्र बनाउने प्रवृति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
शुक्रबार काठमाडौंमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ नामक पुस्तकको विमोचन गदै भट्टराईले राजनीतिलाई सत्ताप्राप्ती तथा आफ्नै स्वार्थसमूहको व्यवस्थापन गर्ने आधार बनाउने प्रवृति बढेको बताए।
उनले राजनीतिको अर्थ समाज रुपान्तरणको साधनका रुपमा उपयोग गर्नुपर्नेमा जोड दिए।
समुन्नत संघीय समाजवाद निर्माणका लागी आफुहरु अघि बढेको भन्दै यसका लागि वैचारिक बहस श्रृजना गर्न आवश्यक रहेको जिकिर गरे।
पूँजीवादलाई नै प्रश्रय दिने समाजवाद हिजोको दिनमा हावी भएको भन्दै भट्टराईले अब यो मान्यता र परिभाषलाई व्यवहारिक रुपमै बदल्नु परेको बताए।
कार्यक्रममा पुस्तकका लेखक एवं समाजवादी पार्टीका अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री यादवले मधेसी, मुस्लिम, दलित र विपन्न भएकै कारण पछाडि पर्नुपर्ने सेवा, सुविधा र शिक्षाबाट वञ्चित हुनुपरेका अवस्था नेपाली समाजमा विद्यमान रहेको बताए।
उनले संविधानमा समावेशी र समानताको लोकतन्त्र भनेर लेखिएपनि सम्पूर्ण जातजाति, वर्ग, र समुदायको सहभागिता नभएसम्म समावेशी र समानताको लोकतन्त्र हुनै नसक्ने बताए।
कार्यक्रममा बोल्दै नेकपाका नेता दिनानाथ शर्माले उपेन्द्र यादव, माओवादी जनयुद्धका सहयात्री र मधेस आन्दोलनका अगुवा भएको भन्दै विचार मिले भविष्यमा पुन एकै ठाँउमा हुन सक्ने सम्भावना रहेको बताए।
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय