थुनछेकको बहसअघि न्यायाधीशद्धारा महराको वयान लिने प्रक्रिया सुरु
संघीय संसद्की कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोप लागेका पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कृष्णबहादुर महरालाई थुनछेक बहसका लागि शुक्रबार जिल्ला अदालत काठमाडौं हाजिर गराइएको छ।
बिहीबार महराविरुद्द जबरजस्ती करणी प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएपछि थुनछेक बहसका लागी महरालाई अदालतमा हाजिर गराइएको हो।
अदालतमा बहस सुरु हुनु अघि महरामाथि लागेको आरोपको विषयमा जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासमा वयान लिने कार्य सुरु भएको छ।
सरकारी वकिलको कार्यालयले बलात्कार प्रयासमा ५ वर्ष र आफू मातहतको कर्मचारीमाथि बलात्कार प्रयास भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता गरेको थियो।
महरालाई लागेको अभियोगबारे न्यायाधीशले वयान लिइसकेपछि उनको विषयमा पक्ष र विपक्षका वकिलहरुले थुनछेकको बहस गर्नेछन्। बहस सकिएको अवस्थामा शुक्रबार नै उनी सामान्य तारेखमा छुट्ने अथवा धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि थुनामै राखेर कानूनी उपचार अघि बढाउने भन्ने आदेश अदालतले दिनेछ।
संसद् सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।
प्रकाशित मिति: मंगलबार, कात्तिक १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय