हामी राष्ट्रिय शक्तिको रुपमा उदाउँछौैँ: अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको अभिमतलाई सधैँ आत्मसात गरेर आफ्नो पार्टी राष्ट्रिय शक्तिका रुपमा उदाउने बताएका छन् । राप्रपा मध्यपुर नगर कार्य समितिले आज आयोजना गरेको पार्टीका संस्थापक सदस्य लक्ष्मीभक्त लाखेको ४५औँ स्मृतिसभामा उहाँले जनताको अभिमतलाई लत्याएर अघि बढ्न नहुने बताए।
“जनताले राप्रपालाई राष्ट्रिय शक्तिका रुपमा देख्न चाहेका छन्”, उनले भने, “संविधानको परिधिभित्रै रहेर राप्रपालाई देशभर स्थापित गराउँछौँ ।” राप्रपाले बोकेको नीति र सिद्धान्त नेपाली जनतामाझ लोकप्रिय भएकाले अहिलेकै संविधानलाई स्वीकार गरी जनतामाझ जाने अध्यक्ष थापाको भनाइ थियो ।
मध्यपुर नगर समितिका सभापति विकास प्रजापतिको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य लक्ष्मीप्रसाद सङ्ग्रौला, केन्द्रीय सदस्य यवती कार्की, नरगोविन्द शङ्खदेव, भक्तपुर जिल्ला अध्यक्ष माधव खत्रीलगायतले संस्थापक सदस्य लाखेको योगदानका बारेमा चर्चा गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय