नेपाल भ्रमण वर्ष सचिवालय र एनआरएनए बीच १७ बुंदे समझदारी
नेपाल भ्रमण वर्ष सचिवालय र गैर आवासीय नेपाली संघबीच १७ बुंदे समझदारी भएको छ ।
सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन सहयोग पुर्याउने उद्धेश्यले प्रचारात्मक कार्यक्रममा लागि यो समझदारी गरिएको हो । काठमाडौंको भृकुटिमण्डपस्थीत पर्यटन बोर्डमा आइतबार आयोजित कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० को सचिवालय तर्फबाट राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य र गैर आवासीय नेपाली संघका नवनिर्वा्चित अध्यक्ष कुमार पन्तबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा प्रत्येक गैर आवसीय नेपालीले भ्रमण वर्षका सन्दर्भमा एक जना विदेशी साथी नेपाल पठाउनुपर्ने, सचिवालय र संघको समन्वयमा विश्वभर रहेका नेपाली तथा विभिन्न संघसंस्थाहरुको सामाजिक सञ्जाल तथा वेवसाईटमार्फत भ्रमण वर्षसम्बन्धी सन्देश दिने सामग्रीको प्रचार गर्ने उल्लेख छ ।
यस्तै सचिवालयले कुटनीतिक नियोगहरुको समन्वयमा ट्राभल एजेन्सी, टुर अपरेटर, सञ्चारमाध्यमलगायतसंग आवश्यक छलफल गरी नेपालको विशेषता प्रवद्र्धन गर्ने, संघले विश्वभरी कम्तिमा ५० देशमा मिस एनआरएन इन्टरनेशनल आयोजना गर्ने र प्रतियोगिताको फाइनल नेपालमै गर्नेलगायत सम्झौतामा उल्ल्लेख छ ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले नेपालमा पर्यटकको संख्या वृद्धि हुन समय नलाग्ने भन्दै एकतावद्ध भएर लागेमा भ्रमण वर्ष सफलतापूर्वक सम्पन्न हुने बताए। मन्त्री भट्टराईले २०२० मार्चभित्र गौतम बुद्ध विमानस्थल सञ्चालनमा आउने बताए ।
नेपाल भ्रमण वर्षका राष्ट्रिय संयोजक वैद्य र गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तले भ्रमण वर्ष सफल बनाउन सबै क्षेत्रको हातेमालो आवश्यक रहेकोमा जोड दिए।
https://www.facebook.com/himaldainik/videos/488910675170568/
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय