हिमाल दैनिक
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी कुनै पनि अपराधिक घटनाको ढाकछोप गर्ने पक्षमा नभएको भन्दै त्यस्ता घटनाको निष्पक्ष छानविनका लागि सहयोग गर्न तयार रहेको स्पष्टोक्ति दिएका छन्। कांग्रेस सांसद मोहम्मद आफताफ आलममाथि लागेको व्यक्ति हत्याको आरोपबारे कांग्रेस र त्यसका नेताप्रति विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेपछि थापाले शनिबार ट्वीट गर्दै विगतमा भएका सबै अपराधिक घटनाको छानविन गरी दोषीमाथि कारबाही हुनु पर्ने बताएका छन्। उनले भनेका छन्, ‘जोसुकै होस्, जहाँ भएको होस्, जहिले भएको होस्, जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ। दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ। निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो। यही हो काँग्रेसको धारणा। बाँकी सबै व्यक्तिगत धारणा हुन।’ कांग्रेस नेता थापाले जोसुकै, जहाँ, जहिले भएको होस् र जुनसुकै ओहोदामा पुगेकाले गरेको होस् भन्ने पदावली राखेर थापाले वर्तमान सत्तारुढ दल र त्यसको नेतृत्वले विगतमा गरेका झापा आन्दोलनका नाममा भएको नरसंहारदेखि मुक्तिनाथ अधिकारीको हत्या र बाँदरमुढे बम विष्फोटनका विषयमा पनि छानविन गरी दोषीमाथि कारबाही हुनु पर्नेमा जोड दिएका छन्। यदि यी घटनाको छानविन गरी दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउने हो भने सत्तारुढ दलकै शीर्ष नेतादेखि थुप्रै कार्यकर्ता पनि कानूनको नजरमा अदालतले दोषी ठहर गरी जेल सजाय दिन सक्ने बलिया आधारहरु रहेका छन्। तर, वर्तमान अवस्थामा यो सम्भावना मृगतृष्णा जस्तै हो। https://twitter.com/thapagk/status/1185505537116426242  
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update