बागमतीको फोहोर पानी प्रशोधन केन्द्र निर्माणकार्य अन्तिम चरणमा (भिडियो सहित )

बागमतीको फोहोर पानी प्रशोधन केन्द्र निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्र निर्माणकार्य अन्तिम चरणमा पुगेको र छिटै उद्घाटन समेत हुने खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले जानकारी दिईन ।
शनिबार उक्त प्रशोधन केन्द्रको निरिक्षण गर्दै मन्त्री मगरले ऐतिहासिक महत्व बोकेको बागमती नदी सफाइका लागि सरकारले अभियान सञ्चालन गरेको बताईन । केन्द्रको निर्माण हुन बाकी ५ प्रतिशत पनि छिटै सम्पन्न हुने उनिले दावी गरिन् । निर्माणकार्य सम्पन्न भएपछि गोकर्णदेखि गुह्वेश्वरीसम्मको पानी प्रशोधन गर्न सकिने उनिले बताईन । उक्त केन्द्र सञ्चालमा आएपछि हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रमा सफा पानी बहने भन्दै उनिले बागमतिमा ढुक्क भएर नुहाउन सकिने पनि जानकारी दिईन ।
उक्त केन्द्र आगामी पुससम्ममा निर्माणकार्य सम्पन्न गर्ने तयारी छ । एसियाली विकास बैंकको २ अर्ब ५५ करोड लागतमा निर्माणाधीन आयोजना सम्पन्न भएपछि ३९० लिटर पानी प्रतिकेसेण्ड प्रशोधन गर्न सकिने बताइएको छ ।
https://www.facebook.com/himaldainik/videos/810327379401566/?t=2
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय