शक्तिकेन्द्रकाे क्रिडास्थल नबनोस् नेपाल: नेपाल(भिडियो सहित)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले मुलुकलाई समृद्धि र विकासमा सरकार बढि केन्द्रित हुनुपर्ने बताएका छन्।शनिबार सञ्चार केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले मुलुकलाई समृद्धि र विकासको पथमा अघि बढाउन अहिलेको समय अनुकुल रहेकोले यसतर्फ सरकार बढि केन्द्रित हुनुपर्ने बताएका हुन्।
लामो अन्तरालपछि चिनको राष्ट्रपतिको नेपाल भ्रणम हुनु नेपालका लागी गौरवको बिषय भएको भन्दै चिनियाँ राष्ट्रपति दुई दिने नेपालको राजकीय भ्रमणमा आउँदा विश्वको आँखा नेपालतर्फ परेको धारणा राखे । बिभिन्न देशको स्वार्थबाट नेपाल जोगिनुपर्ने भन्दै उनले पञ्चशिलका आधारमा नेपालको परराष्ट्रनीति अघि बढ्नुपर्ने पनि बताए ।
उनले अब आफूहरुको लक्ष्य भनेको नै सामाजिक तथा आर्थिक रुपान्तरण नै भएकोले यसतर्फ सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्ने जिकिर गरे ।
त्यस्तै, उनले मुलुकमा लगानीको उचित वातावरण निर्माण बनेको भन्दै गैर आवासिय नेपालीले नेपालमा लगानी गरि मुलुकको बिकासमा योगदान गर्नुपर्ने तर्क गरे।
https://www.facebook.com/himaldainik/videos/2504090276508051/?t=5
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय