हिमाल दैनिक
सांसद साह तारेखमा रिहा
pramod shah riha
जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत धनुषाले साधारण तारेखमा रिहा गर्न आदेश दिएलगतै सांसद साह रिहा भएका हुन् । जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासमा साहविरुद्धको रिटमाथि थुनछेक बहस भएको थियो । रिहा भएपछि साहले अदालतको निर्णय स्वागतयोग्य रहेको बताए । उनले जनताको पक्षमा आवाज उठाइराख्ने पनि बताए । विमान उडानमा ढिलाइ भएको भन्दै सोमवार जनकपुर विमानस्थलको भीआईपी कक्ष र विमानस्थलस्थित बुद्ध एयरको चेकइन काउन्टरमा तोडफोड गरेको आरोपमा सांसद साह म‌ंगलवार काठमाडौंबाट पक्राउ परेका थिए । https://www.facebook.com/himaldainik/videos/934966943568506/
प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update