हिमाल दैनिक
ओली सरकारले खटाएका कर्मचारीले दुःख दिए प्रतिरोध गरौँः देउवा
Congress Prasikchhen 1
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले जितेका स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले खटाएका कर्मचारीले अनाबश्यक दुःख दिएको आरोप लगाउँदै त्यसको प्रतिरोध गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, गाउँपालिकाका सभापति, निर्बाचित अध्यक्ष/उपाध्यक्षका लागि भक्तपुरको बोडेमा शुक्रबारदेखि शुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले जनताको पक्षमा काम गर्न खोज्ने जनप्रतिनिधिलाई दुःख दिने कर्मचारीको क्रियाकलापको प्रतिरोध गर्नु पर्ने बताए। सभापति देउवाले त्यस्ता कर्मचारीको एक–एक गरेर हिसाब राख्ने पनि चेतावनी दिए। सभापति देउवाले कम्युनिष्टले जितेका स्थानीय तहमा तिनका कार्यकर्ताले ब्रम्हलुट मच्चाएको आरोप समेत लगाए। देशमा केन्द्रदेखि तल्लो तहसम्म कम्युनिष्टहरुको अतिवादी चरित्र हावी भएको बेलामा कांग्रेसबाट निर्बाचित जनप्रतिनिधिलाई जनताका पक्षमा राम्रो काम गरेर उदाहरणीय बन्न पनि उनले निर्देशन दिए। कार्यक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका अक्षमतालाई ढाकछोप गरेर प्रशस्ती गाउनु पर्ने प्रधानमन्त्रीको सोच नै अधिनायकवादी चरित्र भएको आरोप लगाए। प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति विमलेन्द्र निधिले संघीयताको मर्म र भावना विपरित सरकारले तल्लो तहको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए। महामन्त्री शशांक कोइरालाले ओली सरकारले संविधानमाथि थिचोमिचो गरेर सर्बसत्ताबाद लाद्न खोजेको भन्दै कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको रक्षा गर्ने मूल दायित्व कांग्रेसकै भएको बताए। त्यस्तै पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौलाले नेकपाको सरकारले कम्युनिष्ट शासन व्यबस्था भएका मुलुकलाई प्राथमिकतामा राखेर प्रजातान्त्रिक मुलुकप्रति भेदभाब गरेको आरोप लगाए। https://www.facebook.com/himaldainik/videos/2413605772241178/
प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update