हिमाल दैनिक
जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख तथा सत्तारुढ नेकपाका सांसद कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। नर्भिक अस्पतालमा भर्ना भएका महरालाई सरकारी वकिलको कार्यालयपछि मंगलबार जिल्ला अदालत काठमाडौं लगिएको हो। संसद सचिवालयमा कार्यरत महिला स्थास्थ्यकर्मी कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते उनकै डेरामा बलत्कारको प्रयास तथा हातपात गरेको आरोप लागेपछि असोज १९ गते साँझ प्रहरीले पक्राउ गरी हिरासतमा राखेका महरालाई म्याद थपका लागि अदालत लगिएको हो। संसद सचिवालयकी कर्मचारी शाहीले आफूमाथि बलात्कार प्रयास गरिएको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते पक्रेको थियो। दश दिन प्रहरी हिरासतमा रहेका उनलाई अदालत खुलेसँगै मंगलबार उपस्थित गराइएको हो। महरालाई अनुसन्धानका लागि थुनामा राखेपनि यो बीचमा दशैं र अरु सार्वजनिक बिदा परेकाले अदालतमा उपस्थित गराउन ढिलो भएको थियो। प्रहरी हिरासतमा रहेका महराको मुटु र स्वाशप्रस्वासमा समस्या देखिएपछि गत बिहीबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। महरालाई त्यहीबाट अदालत लगिएको हो। असोज १२ गते राति आफ्नै सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि नेकपा सचिवालयको निर्देशन बमोजिम महराले सभामुख पदबाट राजीनामा दिएपनि सांसद पदबाट भने राजीनामा दिएका छैनन्। https://www.facebook.com/himaldainik/videos/1105087823034286/
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update