हिमाल दैनिक
नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छन्। स्थानीय समय अनुसार १ः४८ बजे भारतको चेन्नाई विमानस्थलबाट उडेको जहाज अपरान्ह करिब ४ः११ बजे काठमाडौंमा अवतरण गरेको हो। अधिकांश आन्तरिक र बाह्य उडान अवतरण गर्दा नेपालको आकाशमा घुम्ने गरेपनि राष्ट्रपति सी सवार जहाज आउनु आधा घण्टा अघिदेखि नै विमानस्थल बन्द गरिएको कारण उनको जहाज सोझै अवतरण गर्न पायो। उत्तरको छिमेकी राष्ट्र चीनबाट २३ वर्षपछि यति माथिल्लो ओहोदाका पाहुनाले नेपालको भ्रमण गर्न आएका हुन्। अबको केही मिनेटभित्रै राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा नेपाल भ्रमणमा आएका राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्नधानमन्त्री केपी शर्मा ओलीले भव्य स्वागत गर्दै उनको बसोबासका लागि तय गरिएको सोल्टी होटलमा लगिने छ। त्यसपछि अपरान्ह ५ बजेपछि उनी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ताका लागि शीतल निवास जाने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update