हिमाल दैनिक
स्वतन्त्र न्यायापालिकाले मात्र लोकतन्त्र रक्षा गर्नसक्छ: प्रधानन्यायाधीश राणा
sarbacho adalat
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले संविधानवाद, लोकतन्त्रको सुदृढीकरण र विधिको शासन स्थापित गर्न न्यायापालिका सक्षम, सबल र स्वतन्त्र हुनुपर्ने बताएका छन् । शुक्रबार सर्वोच्च अदालतमा दसैं, तिहार, नेपाल संवत् र छठको अवसरमा शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा प्रधानन्याधिश राणाले स्वतन्त्र न्यायापालिकाले मात्र लोकतन्त्र रक्षा गर्नसक्ने उल्लेख गरे । उनले स्वतन्त्र न्यायापालिकालाई अझ बढी स्वतन्त्र र सुदृढ बनाउनुपर्नेमा जोड दिए । विधिको शासन स्थापित गर्न न्यायापालिका सक्षम, सबल र स्वतन्त्र हुनुपर्ने उनको भनाई छ । प्रधानन्याधिश राणाले संविधानको व्यवस्था अनुसार न्यायापालिकालाई थप प्रभावकारी र यस क्षेत्रको सुधार गर्दै जाने प्रतिबद्धता जनाए । कार्यक्रममा कानूनमन्त्री भानुभक्त ढकाल, महान्याधिवक्ता अग्नी खरेल, न्यायधिश लगाएतको सहभागीता रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update