हिमाल दैनिक
प्रतिगमन र प्रतिगामीहरुले टाउको उठाउन खोजे सचेत रहौ: अध्यक्ष दाहाल
dalit himal-dainik
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समय यता प्रतिगमन र प्रतिगामीहरुले टाउको उठाउन खोजेको भन्दै सचेत रहनुपर्ने बेला आएको बताएका छन् । बिहिबार काठमाडौंमा दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका नामक दलित जनप्रतिनिधिहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले अहिले राजनीतिक परिवर्तनका पक्षधरहरु एकजुट र सचेत रहनुको विकल्प नरहेको समेत बताए । उनले लामो संघर्ष र प्रयासबाट आएको राजनीतिक परिवर्तनमाथि प्रश्न उठाउन चलखेल भइरहेको आरोप पनि लगाए । वर्तमान राजनीतिक परिवर्तनलाई संस्थागत गर्न तथा संरक्षणका लागि सबै एक भएर लाग्नु पर्ने उनको भनाई छ । उनले सरकार र राजनीतिक नेतृत्वले जनअपेक्षा अनुसार एक्सनमा जान ढिला गरे अर्कोले रियाक्सन गर्न सक्ने जिकिर गरे । कार्यक्रममा कांग्रेसका सभापति शेर बहादुर देउवाले जनभावनाबिपरित हुने क्रियाकलापहरुको विरुद्ध काग्रेस अघि बढ्ने बताए । उनले सवै बर्ग क्षेत्रको अधिकार स्थापीत गर्नका लागी सवै गम्भीर हुनुपर्ने धारणा राखे । कार्यक्रममा दलितअधिकारकर्मीहरुले बिभिन्न बहानामा दलित समूदायलाई अझैपनि उपेक्षा भइरहेको भन्दै नेताहरुको ध्यानाकर्षण गराएका थिए ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update