युवा उद्यमशिलतालाई सामाजिक उत्तरदायित्वसँग जोडनु पर्ने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले समाजको उत्थानको लागि युवा उद्यमशिलता आवश्यक रहेकोमा जोड दिएका छन् ।
युवा नेतृत्व, सिर्जना र उद्यमशिलता राष्ट्रिय सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री विष्टले सामाजिक उत्तरदायित्वसहितको उद्यमशिलता आजको आवश्यकता भएको पनि बताए ।
युवाहरुको सही परिचालनबाट मात्र मुलुकको विकास हुने भन्दै उनले सरकारले युवा लक्षित कार्यक्रम ल्याउने आश्वासन दिए। आर्थिक, सामाजिक दृष्टिकोणले अगाडि बढ्नका लागि सामाजिक उद्यमशिलता अपरिहार्य रहेको उनको भनाइ थियो । मन्त्री बिष्टले युवा उद्यमशिलतालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै दिगो रुपमा युवाहरुको विकास अहिलेको आवश्यकता रहेको धारणा पनि राखे ।
सम्मेलनमा सातवटै प्रदेशका १५४ युवा उद्यमी समूहको सहभागिता छ ।सम्मेलन दुई दिन सम्म चल्ने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय