भारतीय राजनेताको जीवनमा आधारित ५ बलिउड फिल्म
भारतीय अभिनेत्री कंगना रनोट स्टारर फिल्म थलाइवी २३ अप्रिल (बैशाख १०) मा रिलिज हुनका लागि तयार छ। केहि दिन अघि कंगनाले आफ्नो जन्मदिनमा थलाइवी फिल्मको ट्रेलर रिलिज गरेकी हुन्। लामो समयपछि कंगनाको फिल्म रिलिज हुँदैछ । यो फिल्म पूर्व अभिनेत्री र तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको जीवनमा आधारित रहेको छ ।
बलिउडमा यो भन्दा अघि पनि राजनेताको कथामा फिल्म बनिसकेको छ। भारतीय राजनेताहरुको जीवनमा आधारित ५ चर्चित फिल्महरु:
सन् १९७५ मा रिलिज भएको 'आंधी' फिल्म धेरै विवादमा आएको फिल्म हो। यस फिल्ममा भारतका पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको जीवनमा आधारित छ । फिल्ममा कसरी एउटा प्रख्यात राजनेताको छोरी एउटा होटेलको म्यानेजरसंग प्रेममा परिन् भनेर देखाइएको छ । राजिनितिका कारण महिलाले कसरी आफ्नो बैवाहिक जीवन त्याग्नु परेको यस फिल्ममा देखाइएको छ ।
आंधीमा सुचित्रा सेन र राजीव कपूर मुख्य भूमिकामा रहेका छन् । विवादित कथा अनुसार फिल्मलाई प्रतिबन्ध लगाउन माग गरेका थिए। फिल्मको केहि सीन हरु फेरी शुतीट गरेर फिल्मलाई दोश्रो पटक रिलिज गरिएको थियो।
https://www.youtube.com/watch?v=wBYMGrThxkI
राम गोपाल वर्माद्वारा निर्देशित सरकार र सरकार राज फिल्म ब्लकबष्टर भएको थियो। फिल्ममा अमिताभ बच्चनको भूमिकालाई देखेर यो फिल्म बालासाहेब ठाकरेको जीवनमा आधारित रहेको सजिलै अनुमान गर्न सकिन्छ। तर, यस बारेमा केहि अधिकारिक पुष्टि भने गरिएको छैन।
त्यस्तै बालासाहेबको भूमिकामा नवाजुद्दीन सिद्दीकी पनि देखिएका थिए । सन् २०१९ मा ठाकरे फिल्ममा सिद्दीकीले बालासाहेबको भूमिका निभाएका थिए।
https://www.youtube.com/watch?v=Zu8PJwk0-FQ
त्यस्तै कटरीना कैफ, नाना पाटेकर, अर्जुन रामपाल र रणबीर कपूर स्टारर फिल्म राजनीति सन् २०१० मा रिलीज भएको थियो। फिल्म भारतीय राष्ट्रिय काङ्ग्रेसको भित्रि कथामा आधारित कथा रहेको बताइएको छ।
इन्दु सरकार-२०१७
सन् २०१७ मा रिलिज भएको 'इन्दु सरकार' को नाम बाट नै यो फिल्म इन्दिरा गांधी माथि बनाइएको अनुमान गर्न सकिन्छ । फिल्म मा सन् १९७० मा भारतमा लगाइएको इमर्जेन्सीको कथा देखाइएको छ । इन्दिराको १०० औं जन्मोत्सवमा फिल्म रिलिज गरिएको थियो जसमाकीर्ति कुल्हारी, नील नितिन मुकेश, अनुपम खेर मुख्य भूमिकामा देखिएका छन् ।
एजेन्सीको सहयोग
आंधी- १९७५

सरकार-२००५ र सरकार राज-२००८

सत्याग्रह-२०१३
सन् २०१३ मा रिलीज भएको मल्टीस्टारर फिल्म सत्याग्रहमा अमिताभ बच्चन, अजय देवगन, करीना कपूर, अर्जुन रामपाल र मनोज बाजपेयी मुख्य भूमिकामा देखिएका थिए । यो फिल्म अन्ना हजारे माथि बनाइएको हो । फिल्ममा अमिताभ अन्ना हजारे जसरी अनशन बसेका छन् ।
राजिनिती
त्यस्तै कटरीना कैफ, नाना पाटेकर, अर्जुन रामपाल र रणबीर कपूर स्टारर फिल्म राजनीति सन् २०१० मा रिलीज भएको थियो। फिल्म भारतीय राष्ट्रिय काङ्ग्रेसको भित्रि कथामा आधारित कथा रहेको बताइएको छ।
इन्दु सरकार-२०१७
सन् २०१७ मा रिलिज भएको 'इन्दु सरकार' को नाम बाट नै यो फिल्म इन्दिरा गांधी माथि बनाइएको अनुमान गर्न सकिन्छ । फिल्म मा सन् १९७० मा भारतमा लगाइएको इमर्जेन्सीको कथा देखाइएको छ । इन्दिराको १०० औं जन्मोत्सवमा फिल्म रिलिज गरिएको थियो जसमाकीर्ति कुल्हारी, नील नितिन मुकेश, अनुपम खेर मुख्य भूमिकामा देखिएका छन् ।
एजेन्सीको सहयोग
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय