हिमाल दैनिक
३२ बर्ष अघि तमिलनाडु विधानसभामा जयललितामाथि भएको दुर्व्यवहार थलाइवीमा
Jayalalitha4
भारतीय अभिनेत्री कंगना रनोट स्टारर फिल्म थलाइवी २३ अप्रिल (बैशाख १०) मा रिलिज हुँदैछ। कंगनाको जन्मदिनको अवसरमा फिल्मको ट्रेलर रिलिज भएको थियो जसलाई अहिलेसम्म यूटुभमा १३ लाखभन्दा बढीले हेरीसकेका छन्। यो फिल्म पूर्व अभिनेत्री र तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको जीवनमा आधारित रहेको छ। यो फिल्मको ट्रेलरमा विधान सभा (संसद) मा जयललिता बनेकी कंगनामाथि आक्रमण भएको र उनको सारी तानी च्यातिएको देखाइएको छ । यो दृश्य हेर्दा धेरै दर्दनाक देखिएको छ। तर यो घटना पूर्व मुख्यमन्त्री जयललितामाथि साँच्चै नै घटेको थियो । सन् १९८९,२५ मार्चमा जयललितासंग विधान सभामा यो घटना भएको थियो जुन कंगनाले ३२ बर्ष पछि फिल्मको मध्यमबाट देखाएकी छिन्। तमिलनाडु असेम्बली(Assembly) मा यस घटनाको निन्दा गरिएको थियो र यो घटनाले नै जयललिताको राजीनितिक यात्रामा निर्णायक भूमिका खेल्यो । उक्त घटनाको तस्बिर तल देखाईएको छ जुन घटना थलाइवी फिल्ममा कंगनाले हु-ब-हु अभिनय गरेकी छिन् ।
कंगना र जयलालिताको तस्बिर: [caption id="attachment_20626" align="aligncenter" width="600"] तस्बिर: जयललिता (माथि) र थलाइवी फिल्ममा कंगना(तल)[/caption]
थलाइवीको निर्देशन एएल विजयले गरेका हुन् । कंगनाले जयललिताको भूमिकाका लागि आफ्नो तौल लगभग २० किलो बढाएकी थिइन् र पछि त्यसलाई पुन: कम पनि गरिन्। फिल्ममा जयललिताको फिल्मी दुनियादेखि राजीनितिक यात्रासम्मको जीवनी देखाइएको छ । जयललिता र एम जी आर (मरुथुर गोपालन रमचंद्रण) बीचको सम्बन्धको विभिन्न कोणबाट फिल्ममा प्रस्तुत गरिएको ट्रेलरमा सजिलै देखिन सकिन्छ । फिल्मी जगतकी जयललितालाई राजिनितीमा ल्याउन एमजिआरको ठुलो भूमिका रहेको छ ।

भारतीय राजनेताको जीवनमा आधारित ५ बलिउड फिल्म

 
जयललिता त्यस समय करिब १४० फिल्ममा अभिनय गरेकी छिन्। फिल्मको पर्दामा उनको क्रेज त थियो नै तर त्यो भन्दा बढी सफलता उनले राजिनिती जीवनमा पाइन्। उनि ६ पटकसम्म तमिलनाडुकी मुख्यमन्त्री बनेकी थिइन् । उनलाई राजीनीतिक जीवनमा अम्मा(आमा) भनेर सम्बोधन गरिन्थ्यो। राजिनितीमा आउनुअघि जयललिताले एमजीआरसंग धेरै फिल्ममा काम गरिसकेकी छिन्। सन् १९८२ मा एमजीआर मुख्यमन्त्री भएको समयमा उनले अल इन्डिया अन्ना द्रविड मुनेत्र कडगम(एआइएडिएमके) पार्टीमा प्रवेश गरेकी थिइन् ।
[caption id="attachment_20625" align="aligncenter" width="600"] तस्बिर: जयललिता (माथि) र थलाइवी फिल्ममा कंगना(तल)[/caption]
फिल्ममा भाग्यश्री, जयललिताकी आमा सन्ध्याको भूमिकामा देखिएकी छिन् । फिल्मको पटकथा बाहुबली सीरीज़ लेख्ने फ़िल्म राइटर केवी विजयेंद्र प्रसाद ले लेखेका हुन् । थलाइवीको निर्माण विष्णु वर्द्धन इनदूरी र शैलेष आर सिंहले गरेका हुन् । थलाइवी तमिल, तेलुगु र हिंदीमा २३ अप्रिल (बैशाख १०) मा रिलीज़ हुँदैछ। एजेन्सीको सहयोगमा
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update