हिमाल दैनिक
'रहना है तेरे दिल मे'को रिमेकमा बिक्की र कृति
rehna-hai-tere-dil-mein-vicky-kirit-madhvan-diya
सन् २००१ मा सुपरहिट बलिउड फिल्म 'रहना है तेरे दिल मे' को रिमेक बन्ने भएको छ । भारतीय संचार मध्यमका अनुसार यो फिल्मको रिमेकमा बिक्की कौशल र कृति सनेनलाई देखिन सक्ने बताइएको छ । निर्माता जैकी भगनानीले कृति र बिक्कीसंग कुराकानी भईराखेको जानकारी दिए। भगनानीले दुवै जनाले यो प्रोजेक्टमा चासो देखाएको बताए । यो फिल्म यसै बर्ष रिलिज हुन सक्ने संचार मध्यमले जनाएका छन् । यो फिल्मलाई श्रीदेवी स्टारर फिल्म 'मम' का निर्देशक रबि उदयावरले निर्देशन गर्ने खबर आइराखेको छ । २००१ मा 'रहना है तेरे दिल मे' आर माधवन र दीया मिर्जाको जोडीलाई दर्शक निकै रुचाएका थिए । यो फिल्म माधवन र दियाको बलिउडमा डेब्यु फिल्म रहेको थियो। यसमा सेफ अलि खानले पनि अभिनय गरेका थिए। यस फिल्मलाई गौतम मेननले निर्देशित गरेका थिए। २० बर्षपछि बन्न लागेको रिमेकमा माधवन र दियालाई केमियोमा देखिन सक्ने अनुमान लगाइएको छ । एजेन्सीको सहयोगमा  
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update