हिमाल दैनिक
परिणीतिको 'साइना'मा कोरोनाको ग्रहण, दुई दिनमा ५० लाखको कारोबार
saina
भारतमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । कोरोनाको संक्रमण बढ्ने क्रम जारी भएपछि भारतको विभिन्न राज्यमा नाइट कर्फ्यु र केहि राज्यमा सिनेमा हाल पुन: बन्द गरिएको छ। जसका कारण बलिउड फिल्महरु फेरी एक पटक कोरोनाको चपेटामा परेका छन् । कोरोनाको ग्रहणमा परिणीति चोपड़को 'साइना' फिल्म पनि परेको छ । गत शुक्रबारदेखि रिलिज भएको यो फिल्मले दुई दिनमा भारतमा ५० लाखको व्यापार गरेको छ। प्रोडक्सन कम्पनी टि-सिरिजले अब यो फिल्म ओटिटि प्लेटफर्ममा फेरी रिलिज गर्ने भारतीय संचार मध्यमले जनाएको छ । त्यस्तै कोरोनाले गर्दा अब रिलिज हुन लागेको फिल्म पनि अहिलेका लागि पछि सर्ने क्रम बढ्ने भएको छ । यस अघि कोरोनाका कारण 'बनटि और बबली २' र 'हाथी मेरे साथी' ले आफ्नो रिलिज डेटपछि सरेको थियो भने अब अप्रिल ९ मा रिलिज हुन लागेको अमिताभ बच्चन, इमरान हाशमी स्टारर 'चेहरे' पनि पछि सार्न सक्ने बताइएको छ। एजेन्सीको सहयोग
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १३:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update