हिमाल दैनिक
भोलिदेखि सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
education_2M8WuLzEm9
सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषण बढेपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। आज शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयमा बसेको आकस्मिक बैठकले भोलिदेखि सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा.हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति थियो । बैठक अघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । मन्त्रालयका प्रवक्ता दीपक शर्माले लाखौ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षणसंस्थता बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय भएको उहाले बताउनुभयो । उहाले बालबालिकालाई घरभित्रै राख्न अभिभावकहरुलाई अनुरोध गरे । त्यस्तै पूर्व निर्धारित कार्यतालिका अनुसार परिक्षा संचालन गरेका बिश्वविद्यालयको हकमा भने स्वास्थ्य मापदण्ड अपनाएर परिक्षा संचालन गर्न सक्ने मन्त्रालयले जनाएको छ । अव चैत्र २२ गते आइतबारदेखिमात्र शिक्षण संस्था खुल्नेछन् ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update