हिमाल दैनिक
अभिषेक बच्चन स्टारर 'द बिग बुल' को टाइटल ट्याक रिलिज भएको छ । बिहिबार रिलिज भएको 'द बिग बुल' को टाइटल ट्याकमा भारतीय युटूभर कैरी मिनाटीका नामले परिचित अजय नागरले स्वर रहेको छ । यसलाई विली फ्रेन्जीले कम्पोज गरेका हुन्। कैरी मिनाटी लेखेको यो गीत अभिषेक बच्चनको किरदारको यात्राको बारेमा देखाइएको छ । https://twitter.com/juniorbachchan/status/1377509224805097472?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1377509224805097472%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.bhaskar.com%2F अप्रिल ८ मा ओटिटि प्लेटफर्म डिज्नी प्लस हट स्टारमा रिलिज हुन लागेको 'द बिग बुल' मा इलियाना डिक्रूज, सौरभ शुक्ला, सोहम शाह, महेश मान्जरेकर र राम कपूर मुख्य भूमिकामा देखिएका छन। सन् १९९२ को समय इन्डियन स्टक मार्केटमा भएको सबैभन्दा ठुलो घोटाला गर्ने हर्षद मेहताको जिन्दगीमा आधारित यस फिल्म अभिषेक हर्षदको किरदार निभाएका छन् । यस फिल्मलाई अजय देवगनले निर्माण गरेका हुन् भने यसलाई कूकी गुलाटीले निर्देशन गरेका हुन्। एजेन्सीको सहयोगमा https://www.youtube.com/watch?v=Bw6I-KgCSP4
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  ०९:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update