हिमाल दैनिक
रैम्बो' मा टाइगरलाई रिप्लेस गर्दै प्रभास!
rambo-tiger-shroff
सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको 'रैम्बो' मा टाइगर श्राफलाई प्रभासले रिपिलेस गर्न सक्ने बताइएको छ । यस अघि 'रैम्बो' मा टाइगर श्राफ मुख्य भूमिका देखिने बताइएपनि अब उनलाई बहुबाली फेम प्रभासले रिप्लेस गर्न सक्ने भारतीय संचार मध्यमले जनाएको छ । 'गणपत' पार्ट १ र पार्ट २, 'हीरोपन्ती २' र 'बागी ४' को शुटिंगका कारण टाइगरसंग अर्को बर्षसम्म कुनै डेट्स छैन । जसका कारण निर्देशक सिद्धार्थले अब आफ्नो फिल्म 'रैम्बो'का लागि अर्को हिरो खोज्ने निर्णय गरेका छन् जसमा प्रभासको नाम पनि अघि आएको छ । प्रभासलाई यो फिल्मको कन्सेप्ट पनि मन पराएको सिद्धार्थले भारतीय संचारलाई जानकारी दिएका छन् । तर, अहिलेसम्म प्रभास यो फिल्ममा साइन गरेको अधिकारिक पुष्टि भने भएका छैनन्। अहिले प्रभास 'आदिपुरुष' को शुटिंगमा व्यस्त छैन। एजेन्सीको सहयोगमा
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  ०९:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update