हिमाल दैनिक
अभिषेकबाहेक बच्चन परिवार सबैले लगाए कोरोनाको पहिलो डोज
amitabh-bachchan
भारतीय अभिनेता अभिताभ बच्चनले कोरोना खोपको पहिलो डोज लगाएका छन् । ७८ बर्षिय अभिताभले बिहिबार राति सामाजिक संजाल मार्फत उक्त कुराको जानकारी दिएका हुन् । उनका अनुसार उनको परिवारमा अभिषेकबाहेक सबैले कोरोनाको पहिलो डोज लिएका छन्। उनले आफ्नो परिवार र स्टाफ सबैले बुधबार कोरोनाको परिक्षण गर्दा सबैको रिपोर्ट नगेटिभ आएको बताए। उनले अभिषेक बच्चन बाहेक परिवारका सबै जनाले कोरोना खोपको पहिलो डोज लागेको बताएका छन्। अभिषेक अहिले उत्तर प्रदेशको आगरामा आफ्नो 'दसवी' फिल्मको शुटिंगमा ब्यस्त छन्। अघिल्लो बर्ष अभिताभकी श्रीमती जय बच्चन बाहेक घरका सबै जना कोरोनाको चपेटामा परेका थिए। अभिताभ र अभिषेकलाई ११ जुलाई २०२० मा एकै पटक मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको थिए। अभिताभलाई २२ दिन आइसोलेसन वार्डमा रखिएको थियो भने अभिषेकलाई २८ दिनसम्म अस्पतालमा राखिएको थियो। त्यस्तै अभिताभकी बुहारी तथा अभिनेत्री ऐश्वर्या राय र नातिनी आराध्यालाई पनि १२ जुलाई २०२० मा कोरोना पोजेटिभ देखिएको थियो । तर उनिहरुमा कुनै पनि कोरोनाको लक्षण नदेखिएपछि दुवै आमा-छोरी होम क्वारिनटाइन बसेका थिए। तर १७ जुलाईमा उनिहरुको स्वास्थ्य समस्या देखिएपछि आमा छोरीलाई पनि नानावटी अस्पतालमा भर्ना गरिएको थियो। उनि हरु १० दिनसम्म अस्पतालमा राखिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  ११:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update