हिमाल दैनिक
आलिया कोरोना संक्रमित
alia-bhatt
भारतीय अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित भएकी छिन् । २८ बर्षिय अभिनेत्री भट्टले शुक्रबार आफ्नो सामाजिक संजाल मार्फत आफुलाई कोरोना भएको जानकारी दिएकी हुन् । आलियाका प्रेमी अभिनेता रणबिर कपुर पनि कोरोना देखिएको थियो । कपुर एक हप्ता अघि मात्र कोरोनाबाट मुक्त भएका थिए । अलियाले कोरोनाको संक्रमण देखिएपछि आफुलाई आइसोलेट गरेको बताएकी छिन्। रणबिर र निर्देशक संजयलिला भन्सालीलाई कोरोना देखिएपछि अलियाले ११ मार्चको कोरोना टेस्ट गरेकी थिइन् तर यस बेला उनको रिपोर्ट नेगेटिभ आएको थियो । उनको आउन लागेको फिल्म 'गंगूबाई काठियावाड़ी' का निर्देशक संजयलिला भन्साली हुन् । संजयमा कोरोना देखिएपछि 'गंगूबाई काठियावाड़ी' को शुटिंग रोकिएको थियो । केहि दिनमा शुटिंग सुरु गर्ने तरखरमा राखेका संजयले अब फेरी केहि समय शुटिंग रोक्नुपर्ने भएको छ । अलिया रणबिर र अभिताभ बच्चनसङ फिल्म 'ब्रह्मास्त्र' मा देखिदै छिन् । त्यसको शुटिंग पनि लगभग कम्प्लीट भएको भारतीय संचार मध्यमले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १२:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update